२०८१, १३ बैशाख बिहीबार

अनुगमनमा व्यस्त नगर प्रमुख

डबली खबर     असार १ २०७७ १५:५२

survey by bidur municipality mayor sanju pandit dabalikhabar-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोना भाइरस (कोभिड–१९) का कारण नुवाकोटका अधिकांश पालिकाहरुको विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । यसकै मारमा विदुर नगरपालिकाका योजनाहरु पनि अछुतो रहन सकेको छैन । गत वर्ष ९६ प्रतिशत योजनाहरु सम्पन्न गरेको विदुर नगरपालिकाले यस वर्ष गत वर्षको प्रगतीलाई भेट्टाउन मुस्किलै पर्ने देखिन्छ । तर, पनि विदुर नगरपालिका प्रमुखदेखि उपप्रमुख र त्यहाँ कार्यरत कर्मचारीहरु योजनाको अनुगमनमा व्यस्त छन् ।

संघ र प्रदेश सरकारले पठाएको सशर्त अनुदानका योजनाहरु विदुर नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा निर्माणको काम अघि बढाएको छ । लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण अन्यौलमा रहेका योजना निर्माणको कामले अहिले गति लिएको नगर प्रमुख सञ्जु पण्डितले बताए । नगरस्तरीय कतिपय योजनाको काम भने चैत अघि सम्पन्न भएका बाहेक थोरै संख्याका योजनामात्रै निर्माण भइरहेका छन् । ‘चैतअघि जति सकियो सकियो, बाँकी योजना अर्को वर्ष पनि गर्न मिल्छ’ प्रमुख पण्डितले भने– ‘फिर्ता भएर जाने बजेट कार्यान्वयनलाई प्राथमिकता दिएका छौँ ।

गुणस्तरीय निर्माणको काममा कसैसँग सम्झौता नहुने र यसको कार्यान्वयनको लागि अहिले नगर प्रमुख सञ्जु पण्डित आफैं अनुगमनमा खटिएका छन् । जेठ अन्तिम साता पनि प्रमुख पण्डितले एक दर्जन भन्दा बढी योजनाको अनगमन गरेका छन् । जफती भैरमकोट सडक, देवीघाट पुर्सुनटार, खड्गभन्ज्याङ सडकलगायतका योजनाहरु दुइ लाख रुपैयाँ भन्दा माथिका योजना हुन् ।

विदुर नगरपालिकाको आकस्मिक कक्ष जाने मार्गको सडक अवलोकन गर्दै नगरप्रमुख सञ्जु पण्डित

नगरपालिकले १० लाख रुपैयाँ भन्दामाथिका सबै योजनाको कार्यान्वयन ठेक्का प्रक्रियाद्वारा गराउने निति अघि सारेको छ । खानेपानी र सिंचाई निर्माणको काम भने दश लाख भन्दा ठूला योजना भएपनि उपभोक्ता समितिलाई दिन सकिने प्रवाधन रहेको पण्डित बताउँछन् ।

ठेक्का र उपभोक्ता समितिले गर्ने हरेक कामका कसैलाई कमिशत दिन नपर्ने गरी कार्यान्वयन भइरहेको उनी बताउँछन् । ‘पहिले मिलेमतो हुन्थ्यो होला, उनले भने तर, अहिले त्यस्तो हुँदैन’ –उनले भने ।

कार्यालयको विविध बोझ भएपनि अधिकांश योजनामा योजनाको अनगुमनमा प्रमुख पण्डित आर्फै खटिने गरेका छन् । ‘गुणस्तरीय निर्माणको कामका कनै पनि सम्झौता हुन नसक्ने गरी कार्यान्वयन भइरहेको छ’– उनले भने । गुणस्तरीय काम गरेर पनि भुक्तानीमा समस्या भयो भने आफैंले एक्सन लिने गरेको उनी बताउँछन् । यो वर्ष शसर्त अनुदान र समपुरक १५ भन्दा धेरै योजना रहेका छन् ।

विदुरस्थित विनपाको आकस्मिक कक्ष मार्गमा ग्राभेल सम्याउँदै रोडर

अनुगमनका क्रममा परिपक्व र पुराना निर्माण व्यवसायीहरुले गरेका काममा काम राम्रो र गुणस्तरीय भएपनि भर्खरै लाइसेन्स लिएर काम गर्न थालेका केही व्यवसायीले गरेका काममा समस्या रहेको उनी बताउँछन् । ‘हिजो कमिशन भनेको अधिकारको रुपमा चलनचल्ती भनेर भनिँदो रहेछ, कमिशन दिएपछि योजना पास हुन्छ भन्ने मानसिकता अझै हटेको छैन’ उनले भने– ‘कमिशन दिने पैसाले गुणस्तरीय काम गर्नोस् भनेर हामीले भन्ने गरेका छौँ ।’ नगरपालिकामा गुणस्तरीय निर्माणको काम अघि बढेपछि ठेक्का घटेर लिने अवस्था नरहेको उनी बताउँछन् । लागत स्टमेट भन्दा कम दररेटमा सम्झौता भएका योजनाहरु निर्माणमा समस्या रहेको उनी बताउँछन् ।

नगरपालिकामा उपभोक्ता समितिले गर्ने काम पनि गुणस्तरमा कुनै सम्झौता नहुने भएपछि उपभोक्ता समितिमार्फत हुने विकास निर्माणको काम पनि प्रभावित भएको छ । समितिमा बसेर काम गर्दा घाटा भयो भनेर भन्ने गुनासो आउने गरेको बताउँदै प्रमुख पण्डितले उपभोक्ता समितिले गर्ने काम पनि घटेको बताए । ‘अहिले मिले भगत नहुँदा काम धेरै भएको छ ।’ ठेक्का घटेर बाँकी रहेको बजेट पनि रिटेन्डर गरेर काम र गुणस्तरलाई काम राखेका छौँ’ प्रमुख पण्डितले भने ।

निर्माणाधीन जफतीबाट भैरमकोट जाने मार्ग अवलोकन गर्दा नगरप्रमुख

एक महिना जति लकडाउनका कारण योजनाहरु निर्माणको काममा अवरोध आयो । छिट्टै कोरोनाबाट मुक्ति पाइएला भन्ने लागेको थियो । अवस्था त्यस्तो रहेन । यसले राम्रै योजनाहरुमा कोरोनाको प्रभाव राम्रै परेको छ ।’ उनले भने ।

केही समय हेरेपछि हामीले निर्माणको कामलाई स्थानीय जनशक्ति र स्थानीय निर्माण सामग्री प्रयाग गरेर निर्माणको काम अघि बढाएको उनले बताए । ठेक्का लगाएका योजनाहरुको सन्दर्भमा घटेर ठेक्का हालेका व्यवसायीहरु भर्खरै मात्र सम्पर्कमा आएकाले यस्ता योजनाहरुको काम हुन्छ कि हुँदैन भन्ने अल्यौलसमेत थपिएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको केही योजनाहरु सम्पन्न हुँदैन्न कि भन्ने अन्यौलता रहेको छ । यी योजनाहरु सम्पन्न गर्नको लागि केही समय म्याद थप हुनुपर्ने माग नगरपालिकाले राखेको छ ।

नगरपालिकाले आफ्नै योजनाहरुलाई (अर्को वर्ष गर्दा पनि हुने विकास) स्थगन गरेर सशर्त अनुदानका योजना कार्यान्वयनमा नगरपालिकाको सिंगो टिम नै जुटेको उनी बताउँछन् ।

नगरपालिकाबाट सञ्चालित विकास निर्माणको काम पहिले भन्दा धेरै सुधार भएको इन्जिनियर शिशिर लामीछाने बताउँछन् । काम गर्दा निर्माण सामग्री र जनशक्तिको अभाव रहेको पाइन्छ । हरेक काम परीक्षण गरेर मात्रै प्रयोगमा आउने भएकाले धेरै सुधार भएको उनको दावी रहेको छ । यो वर्ष सुरुवात भएको गुणस्तरीय कामले आगामी वर्षदेखि गति लिने उनी बताउँछन् । नगरपालिकाको यस वर्ष ६० भन्दा धेरै ठेक्का लागेका योजनाहरु कार्यान्वयनमा रहेका छन् । तर, सबै योजनाहरु कार्यान्वयन हुन समस्या रहेको छ । तर, पनि यी सबै योजनाहरु कार्यान्वयन गर्न सकिन्छ कि भनेर नगरपालिकाको सिंगो टिम जुटेको उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top