World Tuberculosis Day 2025
sujim advert

कोरोना बिरामी बोक्न तयार छौं – नुवाकोटका एम्बुलेन्स चालक

डबली खबर     जेष्ठ ३०, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

cmc meeting with nuwakot ambulance drive association in corona pandemic
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – कोरोना संक्रमित बढे सँगै नुवाकोटका एम्बुलेन्स चालकहरुले जोखिम मोलेरै भएपनि संक्रमित बिरामी बोक्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार विदुरमा बसेको बिपद् व्यवस्थापन समिति र नुवाकोट एम्बुलेन्स चालक संघको संयुक्त बैठकमा एम्बुलेन्स चालक तथा संचालकहरुले उक्त प्रतिबद्धता व्यक्त जनाएका हुन्।

बैठकबाट संक्रमित बिरामी अस्पतालसम्म ल्याई सकेपछि अनिवार्य रुपमा एम्बुलेन्सलाई अनिवार्य पूर्ण रुपले स्यानीटाईज् गरि मात्र अर्को बिरामी बोक्न पठाउनको लागि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताललाई निर्देशन दिएको छ ।

यस अघि संक्रमित तथा अन्य बिरामी बोकेको एम्बुलेन्सलाई स्यानीटाईज् गर्ने व्यवस्थापन फितलो भएकोले संघले उक्त माग गरेको हो ।

संक्रमित बिरामीहरु बोक्न जाने एम्बुलेन्स चालकलाई बिरामी व्यक्तिको पूर्ण जानकारी दिन भनिएको छ। संक्रमणकालीन अवस्था बिरामी र आफन्तले बिरामीको अवस्था बारे सहि रुपमा जानकारी गराउनको लागि एम्बुलेन्स चालक संघका अध्यक्ष रामचन्द्र तामाङले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र बिरामीका आफन्तहरुलाई अनुरोध गरेका छन् । जसले गर्दा संक्रमित बिरामी बोक्नको लागि सतर्कता अपनाउन सहज हुने बताए।

साथै एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभुति दिलाउनको लागि संक्रमित बिरामी बोक्न तयार गरिएको प्रत्येक एम्बुलेन्समा २/२ थान पिपीई सेटको उपलब्ध गराईदिन स्वास्थ्य कार्यालयसँग समन्वय गरिने भएको छ ।

संक्रमित बिरामीलाई उपचारस्थलमा ल्याउने एम्बुलेन्स चालकहरुलाई हेरिने सामाजिक दृष्टिकोणमा परिवर्तन हुनुपर्ने सहभागी चालक तथा एम्बुलेन्स संचालकहरुले जोड दिएका छन् । संक्रमित बिरामी बोक्न तयारी अवस्था राखिएको एम्बुलेन्समा चालक र बिरामी राखिने स्थानमा छुट्टिने गरि क्याविन पार्टिसन प्राय एम्बुलेन्समा भैईसकेको संचालकका प्रतिनिधि श्रीकृष्ण आचार्यले बताए।

कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला चालकसँग सुरक्षित उपकरण नहुँदा त्रसित छन् । मौसमी बिरामीको समय भएकाले दैनिक रुपमा अन्य बिरामीहरु अस्पताल पुर्‍याई रहेको संघले जनाएको छ ।

हाल जिल्लामा कोरोना संक्रमित बिरामीहरु बोक्नको लागि १२ वटै स्थानीय तहहरुको समन्वयमा २२ वटा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ । जिल्लामा कुल ३६ वटा एम्बुलेन्सहरु विभिन्न संघसंस्थाहरुद्वारा संचालनमा रहेको छ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top