विदुर – बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले नुवाकोटमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकी छिन् ।
मङ्गलबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटलाई प्रदान गरिएको स्वास्थ्य सामग्रीहरुमा पीपीइ सेट ४ थान, ज्वरो नाप्ने डिजिटल थर्मोमिटर १ थान, सर्जिकल मास्क ३ सय थान, एन-९५ मास्क ३४ थान र स्यानिटाईजर ५ लिटर उपलब्ध गराएको महासंघका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।
यसैगरी महासंघलाई सामाजिक सशक्तीकरणका लागि असल मानव संस्थाका अध्यक्ष पुस्करराज पाण्डेले छ वटा स्टानिटाईजर, मास्क ५० थान र पञ्जा ५० थान पत्रकारका लागि महाङ्घलाई उपलब्ध गराएकाे छ ।
प्रतिक्रिया