+
Search

ताजा अपडेट +

पपुलर +

अनैतिक सम्बधबाट जन्मिएको शिशुको हत्या गर्ने दुईजना पक्राउ

child baby vector image
डबली खबर
५ साल अगाडी

नुवाकोट – अनैतिक सम्बन्धबाट जन्मिएका शिशुलाई खाल्डो खनि पुरी हत्या गरको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४० कि सुकुमाया तामाङ र वडा नं. २ का सानो कान्छा भनिने ३६ वर्षिय धन बहादुर तामाङ रहेको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।

अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई पुरेको स्थानियहरुले खबर गरेपछि प्रहरीले घटनास्थल पुगी उक्त शिशुको शवलाई निकाली पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा सुकुमायाले “गर्भ रहेपछि गोठमा गई बच्चा जन्माउने र जन्मेपछि बारीमा लगेर गाडेर आउनु अरु परेको सहयोग म गरौंला” भनि धनबहादुरले भनेको र आफुले त्यसै गरेको बताईन्। उनकै आधारमा धनबहादुर पक्राउ परेको हो।

आरोपित द्वयलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको लागि १५ दिनको प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ