२०८१, १४ बैशाख शुक्रबार

करेन्टको प्रयोग गरी माछा मार्ने ३ जना प्रहरीको नियन्त्रण

    जेष्ठ २५ २०७७ २२:१२

fishing using battery in river
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं.६ स्थित भ्याउरे खोलामा करेन्टको प्रयोग गरी माछा मार्ने तीन युवासहित १ बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

करेन्ट लगाएर माछा मारिदै छ भन्ने जानकारीको आधारमा प्रहरी चौकी दानसिङबाट खटि गएको प्रहरी टोलिले शुक्रबार विदुर नगरपालिकाका वडा नम्बर ३ का रामबहादुर भुजेल, तुबहादुर भुजेल, दिपक भुजेल र बालक करण भुजेललाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए।

नियन्त्रणमा लिएका ती व्यक्तिहरुको साथमा माछा मर्न प्रयोग गर्न लागिएको अवस्थामा २ थान ब्याट्री, १ थान ईन्भटर र झुलको जालो प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top