विदुर – नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट (एनटियुसी) ले बेलकोटगढी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) उपलब्ध गराएकाे छ ।
बुधबार नगरपालिकाकाे कार्यपालिका बाघखाेरमा एनटियुसीका जिल्ला अध्यक्ष शिव देवकाेटाले नगर उपप्रमुख कविता ढुंगानाकाे राेहवरमा स्वास्थ्य संयाेजक सत्येन्द्र शाहलाई ५ थान पिपिई हस्तान्तरण गरेका छन् ।
उक्त पिपिइ नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाकाे सहयाेगमा प्राप्त भएको हो ।
नगर उपप्रमुख ढुंगानाले एनटियुसीले उपलब्ध गराएकाे सामग्रीबाट स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरिन् ।
लकडाउनको समयावधिमा एनटियुसीले लिखु र सुर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पिपिई तथा बाहिरी जिल्लाबाट नुवाकाेट आई श्रम गरिरहेका मजदुरलाई खाद्यान्न राहत उपलब्ध गराएको थियो ।
प्रतिक्रिया