नुवाकोट – नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का दुई युवामा कोरोनाको संक्रमण देखिएको छ ।
भारतबाट सुनौलि नाका हुँदै यही जेष्ठ १४ गते घर आएका दुई जना युवामा कोरोनाका संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जानकारी दिए ।
ग्रामसेवा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेको ३५ जनामध्ये ८ जनाको पिसिआर चेकजाँच गर्दा दुई जनाको पिसिआर पोजेटिभ देखिएको हो ।
कोरोना देखिएका संक्रमित दुवै युवालाई जिल्ला अस्पतालमा रहेको आइसोलेशन वार्डमा राखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रेम कुमार राईले जानकारी दिए ।
ती युवाहरुमा सङ्क्रमित देखिएसँगै स्थानिय तहको समन्वयमा संक्रमतिहरुको ‘कन्ट्याक ट्रेसिङ’ शुरु गरिएको छ ।
प्रतिक्रिया