Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

दश जनाकै पिसिआर रिर्पोट नेगेटिभ, ६१ जनामा आरटिडी नेगेटिभ

डबली खबर     जेष्ठ १०, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर – जिल्ला अस्पताल त्रिशुलीमा गत मङ्गलबार कोभिड-१९ को र्‍यापिड डाइनोस्टिक परीक्षण (आरडिटि) रिर्पोर्टमा पोजेटिभ देखिएका १५ जनाको जनाको पिसिआर रिर्पोर्टमा १० जनाको नेगेटिभ देखिएको छ । 

नमुना स्वाब संकलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएका आईसोलेशनमा रहेका १ जना र ९ जनाको पिसिआर नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रेमकुमार राईले जानकारी दिए ।

पिसिआर रिर्पोर्ट नेगेटिभ आएपछि अस्पतालमा आईसोलेशनमा रहेकालाई आजै डिस्चार्ज गरिएकोे छ भने क्वारेन्टटाईनमा रहेकाहरुलाई पनि डिस्चार्ज गरिएको छ ।

आरटिडी ६१ जनामा नेगेटिभ

जिल्लाभरबाट आज शनिबार ६३ जनाको आरटिडी परिक्षण गरिएकोमा २ जनामा पोजिटिभ र ६१ जनामा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए।

नुवाकोटमा हालसम्म २ सय ३५ जनाको पीसीआर गरिएकोमा ६१ जनामा पोजिटिभ र १ सय ७४ जनाको रिपोर्ट आउन बाँकी नै रहेको खनालले जानकारी दिए।

यस्तै १५ सय ४० जनाको आरटिडी गरिएकोमा ३३ जनामा पोजिटिभ र १५ सय ७ जनाको नेगेटिभ देखिएको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top