२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा १ सय ६९ जनाको स्वाब सङ्कलन, २१ जना क्वारेन्टाइनमा

डबली खबर     जेष्ठ ६ २०७७ २०:०३

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा पोलीमरीज चेन रियाक्सन (पिसिआर) परिक्षणको लागि १ सय ६९ जनाको स्वाब सङ्कलन गरिएको छ । मंगलबार जिल्लाको विभिन्न स्थानीय तह, जिल्ला अस्पताल (त्रिशुली) र सुरक्षाकर्मीहरुको पिसिआर परिक्षणको लागि स्वाब सङ्कलन गरिएको हो ।

पिसिआर परिक्षणको लागि त्रिशुली अस्पतालबाट १५ जना, ककनी गाउँपालिकाबाट १ सय ५२ जना र बेल्कोटगढीबाट २ जनाको नमुना स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

सिसडोलबासीले स्वास्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेपछि गरेपछि आज काठमाडौं महानगरपालिकाले आज १ सय ५२ जना सिसडोलबासीको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगिएको खनालले जानकारी दिए । महानगरपालिकाको स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी परिक्षण र पीसीआरको लागि स्वाब सङ्कलन गरेको हो ।

सिसडोलबासीले स्वास्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेपछि गरेपछि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो ।

नुवाकोटमा ५ सय ३६ जनाको आरडीटी परीक्षण

आज नै नुवाकोटमा विभिन्न स्थानमा गरी ५ सय ३६ जनाको र्‍यापिड डाइनोस्टिक परीक्षण (आरडीटी) गरिएको छ ।

जिल्ला अस्पताल (त्रिशुली) मा १ सय ६३ जनाको आरडीटी परीक्षण गरिएकोमा ८ जना पोजिटिभ देखिएको अस्पतालका फोकल पर्सन डा. अमितकुमार श्रेष्ठले जानकारी दिए ।

परीक्षण गरिएका १ सय ५५ जनामा निगेटिभ देखिएको अस्पतालका मेडिकल सुपारीन्डेन्ट डा. रेम कुमार राईले जानकारी दिए ।

कतिपय र्‍यापिड टेस्टमा आएका नतिजाहरु पिसिआर परीक्षणमा उल्टिन सक्ने छन्।

जिल्लाभरमा आरडीटी परीक्षणबाट २२ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए । त्रिशुली अस्पतालमा १ सय ६३, शसस्त्र प्रहरी ३४, स्वास्थ्य कार्यालय ६ र ककनी गाउँपालिकामा ३ सय ३३ जनाको आरडीटी परीक्षण गरिएको छ । परीक्षण गरिएका ५ सय १४ जनामा निगेटिभ देखिएको खनालले जानकारी दिए ।

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका ८ जनामध्ये एक जना त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा उपचारको लागि राखिएको छ । अन्य २१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । नमुना संकलन गरिएकाहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top