२०८१, १४ बैशाख शुक्रबार

पत्रकारलाई कोभिड १९ बीमा

    जेष्ठ ४ २०७७ १७:४७

fnj nuwakot journalist covid 19 insurance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोनाभाइरस (कोभिड–१९) को विश्व महामारीमा जोखिमपूर्ण रुपमा काम गरिरहेका नुवाकोटका पत्रकारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले कोभिड १९ बीमा गरेको छ ।

पत्रकार महासंघ नुवाकोटका सदस्य तथा जिल्लामा क्रियाशिल ९५ जना पत्रकारहरुको सामुहिक बीमा भएको हो । प्रतिव्यक्ति १/१ लाख रुपैयाँको बीमा भएको छ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको र पत्रकारहरु समेत भाइरसको संक्रमण परिसकेको अवस्थामा बीमा नुवाकोटका पत्रकारहरुको सुरक्षाका लागि कोरोना बीमा गरिएको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिएका छन् ।

कोरोना बीमाका लागि विदुर नगरपालिकारुडेक नेपाल नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको छ । प्रति व्यक्ति छ सय रुपैयाँका दरले विदुर नगरपालिकाले ७० जना पत्रकारको र रुडेक नेपालले २५ जना पत्रकारको शुल्क तिरेको छ । उक्त बीमा अनुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।

नेपाल पत्रकार महासंघ नुवाकोटले आज बीमा कार्यक्रम घोषणा गर्दै पत्रकारहरुलाई कम्तिमा केही आत्मबल बढाउनका लागि यो प्रयास गरिएको र यसमा सरकारी तथा गैर सरकारी नियकाबाट सहयोग प्राप्त भएको जनाएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटिरहनु पर्ने भएकोले सुरक्षाको प्रत्याभुती दिन सहकार्य गरेको बताए । स्थानीय सरकार सबै पेशा, नागरिकको सुरक्षा गर्न र सहकार्य गर्न तत्पर रहिरहेको र त्यसको उदाहरणको रुपमा पत्रकार महासंघसंगको बीमा सहकार्य कार्यक्रम रहेको प्रमुख पण्डितले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top