२०८१, ११ बैशाख मंगलवार

आज लकडाउनको ५३ औं दिनः अनुमति प्राप्त एम्बुलेन्सलाई मात्र विदुर नगरपालिका प्रवेश

डबली खबर     जेष्ठ २ २०७७ ०७:३७

bidur municipality locked in lock down
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विदुर नगरपालिकाले टाइम कार्ड जारी गरी लकडाउनलाई आजदेखि कडाइका साथ लागू गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलने सम्भावना उच्च भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका लागि टाइम कार्ड लागु गरिएको नगरप्रमुख संजु पण्डितले जानकारी दिए ।

बैठकले अनुमति प्राप्त एम्बुलेन्सलाई मात्र बेलुका ८ बजे देखि विहान ५ बजेसम्म नगर प्रवेश गराईने र अन्य एम्बुलेन्सलाई नगर प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । जिल्ला अस्पताल आउने बिरामीको लागि भने प्रशासन र नगरपालिकालाई जानकारी गराई आउन अनुरोध गरेको छ ।

यस्तै नगरपालिका प्रवेश गर्ने नाका वडा नं. ५ देविघाट र गंगटेचोकमा छेकबार प्रयोग गरी नगर प्रहरी परिचालन गरी नगरभित्र भित्रने सवारी साधनको लगत संकलन गर्ने निर्णय गरेको छ।

नगर बाहिरबाट आएका खाद्यान्न तथा निर्माणजन्य सामाग्री ढुवानीका साधनहरु बिहान ५ बजे देखि बेलुका ८ बजेसम्म नगरभित्र प्रवेश गर्न समय तोकेको छ । ढुवानीका साधनमा भएका सामाग्रीहरु अविलम्ब अनलोड गरी नगरबाट बाहिर तुरुन्त जानुपर्ने र स्थानीय चालक वा स्थानीयको सवारीसाधन भएकोमा पनि उक्त निर्देशन लागु हुनेछ । बाहिरी जिल्लाबासीको हक भने नगरपालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने र ढुवानीका साधनलाई समेत नगरपालिकाको व्यवस्थापनमा पार्किङ गरी राख्नुपर्ने छ ।

अत्यावश्यक वस्तु खाद्यान्न, तरकारी तथा निर्माणजन्य सामाग्रीका पसलहरु विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने भएको छ । दुग्धजन्य पदार्थ ढुवानी गर्ने तथा दुध डेरीहरुको हकमा भने सोहि अनुसारको समय र बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाउने छ ।

आफ्नो घर छिमेक, टोलमा जिल्ला बाहिरबाट कोही व्यक्ति आएको जानकारी प्राप्त भएमा तत्काल नजिकको वडा कार्यालय, नगरपालिका वा प्रहरी कार्यालयमा सम्पर्क गर्न नगरप्रमुख पण्डितले अनुरोध गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top