२०८१, १२ बैशाख बुधबार

निस नेपालद्वारा खाद्यान्न राहत

डबली खबर     बैशाख ३० २०७७ २३:०५

NICHE NEPAL donate food in lock down period
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – कोरोनाभाईरसको कारणले लकडाउन भएको पनि आज ५० औं दिन बिति सक्यो । दैनिक ज्यालादारी गरि जीविकोपार्जन गरि गुजारा चलाउनेहरुको लागि कठिन हुँदै गईरहेको छ ।

यस क्रममा मंगलबार नुवाकोट जिल्ला र अन्य जिल्लाबाट काठमाडौंको तारकेश्वर नगरपालिकाभित्र अस्थाई रुपमा बस्दै आइ रहेका श्रमिक मजदुरहरुलाई नेप्लिज इनिसियसन फर चिल्ड्रेनस् हेल्थ एण्ड एडुकेसन (निस नेपाल) संस्थाका अध्यक्ष प्रदिप अधिकारीले तारकेश्वर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अमृत थापाको रोहोवरमा एक सय परिवारलाई खाद्यान सामग्री सहयोग उपलब्ध गराएको छ ।

राहत सामग्रीमा चामल, दाल, तेल, नुन, चिउरा, चना, केराउ लगायतका खाद्यान्न वितरण गरिएको निसका अध्यक्ष अधिकारीले जानकारी दिए।

संस्थाले लकडाउन समयावधिमा समस्यामा परेका श्रमिकहरुको पहिचान गर्दै सहयोग गर्दै आईरहेको छ।

निस नेपाल गैर सरकारी संस्थाले शिक्षा/स्वास्थ्य र अपाङ्ग क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।



२०७७ जेष्ठ २ गते सम्पादन गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top