२०७८, ४ आश्विन सोमबार

लकडाउन: सबै सवारी पास रद्द, एक जिल्लाबाट अर्कोमा जान पूर्ण निषेध

    बैशाख ३१ २०७७ ०७:२३

Home Ministry Nepal
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – सरकारले कोरोना संक्रमणको संख्या २१७ बढेसँगै जारी लकडाउनलाई थप कडाउने बनाउने निर्णय गरेको छ । यस अघि सरकारले लकडाउनको मोडल परिमार्जन गर्दै केही खुलुको बनाएपनि कोरोना संक्रमणले भयावहको रुप लिएपछि थप कडा बनाउने निर्णय गरेको हो ।

यससँगै गृह मन्त्रालयले सवारीपास पूर्ण रुपमा रद्द गर्ने निर्णय गरेको छ । यस अघि अत्यावश्यकी सेवा तथा भिआईपीका नाममा पास वितरण गरेपनि बढी आवतजावत हुन थालेपनि गृह मन्त्रालयले हालसम्म जारी भएका सबै सवारीपास रद्द गर्ने निर्णय गरेको हो । यस अघि पहुँचको आधारमा सवारीपास लिएर हिडडुल गर्ने क्रम बढेसँगै त्यसलाई मध्यनजर गर्दै सरकारले हालसम्म जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको गृहले जानकारी दिएको छ । तर पत्रकारलाई भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने भएको छ ।

यसैबीच सरकारले एक जिल्लाबाट अर्को जिल्लाामा जान पनि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

प्रकाशित: बैशाख ३१ २०७७ ०७:२३

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top