२०७८, ११ आश्विन सोमबार

सूर्यगढीका स्वास्थ्यकर्मीलाई पिपिइ

डबली खबर     बैशाख ३० २०७७ १५:३३

suryagadhi ppe trade union nuwakot
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर – नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टको सहयोगमा सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) उपलब्ध गराएको छ ।

युनियनका जिल्ला अध्यक्ष शिव देवकोटाले सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर तमाङको रोहवरमा स्वास्थ्य संयोजक नरेन्द्र डंगोललाई पाँच थान पिपिइ हस्तान्तरण गरेका हुन् ।

त्यसक्रममा गाउँपालिका अध्यक्ष तमाङले कोरोना संक्रमण रोकथामका लागि सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताउँदै ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा व्यक्त गरे ।

प्रकाशित: बैशाख ३० २०७७ १५:३३

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top