२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

पत्रकारलाई ज्याकेट वितरण

डबली खबर     बैशाख ३० २०७७ ०९:४१

press jacket donate bahadur lama nuwakot nepali congress
pratik book and stationery center in nuwakot

विदुर – नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट र नेपाल प्रेस युनियन नुवाकोटको समन्वयमा नुवाकोटमा क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद बहादुर लामाको सहयोग उक्त सामग्री मंगलबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई ट्रेड युनियनका अध्यक्ष शिव देवकोटाले हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष खनालले जटिल परिस्थितिमा पनि पत्रकारहरु आफ्नो स्वास्थ्यको जोखिम मोलेरै कार्य क्षेत्रमा नियमित खटिएको अवस्थामा ज्याकेटले पहिचान सहज गरि समाचार संकलन गर्न सहयोग पुर्याउने बताए ।

ट्रेड युनियनका अध्यक्ष देवकोटाले लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा आएर समाचार संकलन तथा फोटो खिच्नु पर्ने भएकाले धेरै पत्रकार जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउदै उहाँले पत्रकारलाई ज्याकेट आवश्यक ठानेर वितरण गरेको बताए बताउनुभयो । उनले राष्ट्रिय मिडियामा जिल्लाका कोरोनाको प्रभाव र समाचारहरु कमै मात्र पुगेको हुनाले अझ सक्रिय भएर समाचार संकलन र सम्प्रेषण गरि नागरिकलाई सुसूचित गर्नुपर्ने बताए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top