२०८१, १३ बैशाख बिहीबार

“भोकै बस्नेलाई घरमै खाद्यान्न पुर्‍याउँछौँ” – कृष्णप्रसाद अधिकारी

डबली खबर     बैशाख २८ २०७७ ०७:५०


krishna prasad adhikari nccinuwakot-min

सरकारले अहिले लकडाउन घोषणा गरेको छ । अहिले सुरक्षित रहने र व्यवसायिक हकहितको लागि खाद्यान्नको आपुर्तीलाई कसरी सहज बनाउन सकिन्छ भनेर काम गरिरहेका छौँ । सुरक्षित रहनको आग्रह गरिरहेका छौँ । नुवाकोटमा खाद्यान्नको अभाव रहेको छैन । सबैले सहज रुपमा उपलब्ध भइरहेको छ । खाद्यान्न ढुवानीको खासै समस्या रहेको छैन । तर, एकै ठाउँमा खाद्यान्न नपाउँदा धेरै ठाउँमा जानुपर्ने बाध्यता रहेको छ । यसरी धेरै ठाउँमा जाँदा पनि जोखिम हुन्छ । मालबाहक गाडीहरु हिँड्नको लागि केही असहज भएपनि हामीले आपुर्तीलाई सहज बनाउने काम गरिरहेका छौँ ।

सरकारी पक्षबाट हामीले कुनै प्रकारको सहयोग उपलब्ध हुन सकिरहेको छैन । व्यवसाय ठप्प भएको छ । किस्ता तिर्न सक्ने अवस्थामा व्यवसायीहरु छैनन् । लाखौँ करोडौँ लगानी गरेका व्यवसाय अहिले बन्द रहेको छ । उद्योग, व्यवसाय नै सञ्चालन नभएपछि उनीहरुलाई मासिक किस्ता तिर्नसमेत समस्या उत्पन्न भएको छ । होटल व्यवसाय त झनै ठप्प रहेको छ । खाद्यान्न व्यवसाय पनि सीमित समयमा सञ्चालन भएको हो । गाडी बन्द छ । दिनानुदिन व्याज खापिँदै गएको छ । यसमा राज्यले हाम्रो हकहितको लागि केही गरेको छैन । व्यवसायलाई यथावत राख्न र भोली पनि निरन्तरता दिनको लागि करको दायरादेखि सबै कुरामा राज्य छ भन्ने अनुभुति दिलाउनको लागि व्याज मिनाह गर्ने हाम्रो माग छ ।

उत्पमादनमूलक सबै व्यवसायहरुले व्याज मिनाहा पाउनुपर्छ । मालबाहक सवारी साधन पनि अहिले आंशिक मात्र चलेका छन् । सार्वजनिक यातायातका साधनहरु ठप्प छन् । औषधि र खाद्यान्न व्यवसायीलाई केही राहत मिलेको छ । त्यसबाहेक अरु सबैले एकसाथ राहत पाउनुपर्छ भन्ने हाम्रो माग हो । हामीले सरकारी निकायलाई हाम्रा मागहरु प्रस्तुत गरेका छौँ । हामीले राखेका सबै मागहरु पूरा हुन्छन् भन्ने छैन । महासंघले पनि मन्त्रालयमै ज्ञापनपत्र बुझाएको छ । जिल्ला संघले पनि हाम्रा मागहरुको बारेमा जिल्ला प्रशासनलाई माग प्रस्तुत गर्ने जमर्को गरिरहेका छौँ ।

नुवाकोट भित्रने मालबाहक सवारी साधनलाई कोल्पुखोलमा विषादी छ्यापेर नुवाकोट भित्र्याउने व्यवस्था संघले मिलाएको छ । बीच बाटोमा अलपत्र परेका नागरिकलाई उद्दार गर्ने निति अनुसार हाम्रा मालबाहक सवारी साधनहरुले उद्दारको काम गरिरहेका छन् । मास्कलगायतका स्वास्थ्य सामग्री पनि हामीले लकडाउन हुनुपूर्व नै वितरण गरेका छौँ ।

सरकारले गरेको लकडाउन हामीलाई बचाउन र समाज अनि देशका नागरिकलाई बचाउनको लागि गरेको हो । यो तपाई हामी आफैंले आफ्नो सुरक्षा र टोल समाजको सुरक्षाको लागि गरेको हो । हामी सुरक्षित हुँदा समाज सुरक्षित हुन्छ र देश नै सुरक्षित हुने भएकाले सरकारले भने अनुसारको नितिनियम र निर्देशन मान्नुपर्छ ।

जिल्लाको तयारीको बारेमा कुरा गर्नुपर्दा औषधि उपचारको सवालमा हामी सक्षम छौं । जिल्लास्तरमै टेष्ट गर्ने सुविधा भएको छ । स्थानीय तहहरुले पनि क्षमताले भ्याएसम्मको सबै तयारीहरु गरेका छन् । जिल्ला लेवलले हामीलाई आवश्यक पर्ने सही सुचना प्रदान गर्ने, समस्याको समाधान गर्ने र विपद्को बेलामा उद्दार तथा राहतको काम गर्ने खालका गतिविधि सञ्चालन गर्ने हुन् । अहिलेको सन्दर्भसम्म जिल्लास्तरको तयारी सन्तोषजनक छ । स्थानीय तहले दैनिक ज्याला मजदुरी गरेर खाने बर्ग अहिले घरभित्र बस्न बाध्य छन् । घर बाहिर नगई उनीहरुको विहान बेलुकी खाने व्यवस्था मिल्दैन, त्यस्ता नागरिकको पहिचान गरी स्थानीय तहले उनीहरुको समस्या समाधानको लागि अलि बढी चासो दिएर राहत कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

सरकारी अस्पताल र स्थानीय तहहरुमा सुविधा सम्पन्न अस्पताल बन्नु पर्छ । यो महामारीको बेलामा मात्रै होइन, स्वास्थ्य क्षेत्रलाई सुविधा सम्पन्न बनाइयो भने जहिले पनि हामीलाई काम लाग्छ । दीर्घकालीन रुपमा स्वास्थ्य सेवा प्रभावकारी हुने गरी योजनासहित हामी अघि बढ्नुपर्छ । यो कोरोनाको महामारीको समयमा हामीले जिल्लास्तरदेखि स्थानीय तहसम्म स्वास्थ्य सेवा प्रभावकारी बनाउने एउटा अवसर पनि हो जस्तो लाग्छ । यसतर्फ राज्यले विशेष ध्यान दिनु जरुरी छ । जिल्ला अस्पतालाई कम्तिमा दुई वटासम्मको आइसियु वेडसहितको सुविधा थप गर्नुपर्छ भनेर हामीले भनिरहेका छौँ ।

हामी अहिले सामाजिक दूरी कायम गरेर आफू र समाज सुरक्षित बनाउने अभियानमा छौँ । काम भन्दा बाहेक बरालिएर कोही पनि सडकमा ननिस्किऔँ । कोही वास्तविक मजदुर र छाक टार्न नसकेका व्यक्तिहरुको पहिचान गरौँ र उनीहरुलाई बाच्नको लागि सबैले सहयोग गरौँ । यस्ता नागरिकलाई उद्योग वाणिज्य संघले पनि सहयोग गर्छौं । हामी जो सकेको घरमै आएर यहाँहरुलाई सहयोग गर्नेछौँ भन्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

(अधिकारीसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top