२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

एक लाख घुससहित वन प्रमुख पक्राउ

डबली खबर     बैशाख २७ २०७७ १८:४४

Commission for the Investigation of Abuse of Authority arrested to nuwakot forest officer
pratik book and stationery center in nuwakot

विदुर – डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद गुप्तालाई अख्तियारले पक्राउ गरेको छ ।

आज अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाडौंबाट आएका टोलीले कार्यालयबाटै नगद एक लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि काठमाडौं लगिदैंछ ।

उनलाई सुर्यगढी गाउँपालिका-५ नयाँपुलमा सञ्चालन रहेको ढुङ्गाखानीबाट पैसा लिएको आरोपमा अख्तियारले पक्राउ गरेको हो । डिभीजन वन कार्यालयले उक्त खानी सञ्चालन गर्न रोक लगाएको थियो ।

यस अघि वनका कर्मचारीले बुधबार पञ्‍चकन्या गाउँपालिका-५ त्रिवेणीधामस्थित भद्रुटारमा स्थानीयवासीको सहयोगमा घाइते घोरललाई उद्धार गरेर वन कार्यालयमा ल्याएको केहि घण्टा मै हराएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top