विदुर – कोरोना विरुद्धको अभियानमा साझा पार्टी नुवाकोटले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई पञ्जा वितरण गरेको छ ।
पार्टीले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म नम्बर १९, तारुका प्रहरी चौकी र देविघाट प्रहरी चौकी गरी २० बाकस पञ्जा प्रदान गरेको जिल्ला संयोजक दामोदर नेपालले जानकारी दिए ।
सुरक्षामा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाको लागि उक्त सामग्री वितरण गरिएको नेपालले बताए ।
प्रतिक्रिया