sujim advert

अनलाईनमै विपद् व्यवस्थापन पत्रकारिता तालिम

डबली खबर     बैशाख २५, २०७७

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

disaster journalism training dabali khabar-min
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर – कोरोनाभाइरसको संक्रमण फैलन नदिन र जोखिम न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको अवस्थामा ४० जिल्लाका ६२ पत्रकारले भर्चुअल भिडियो कन्फरेन्स “जुम क्लाउड” प्रविधीको प्रयोग गरेर  बिहीबार एक साता लामो विपद् व्यवस्थापन तालिम पूरा गरेका छन् ।

नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा सम्पन्न यस तालिममा विपद्को समयमा पत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यका विषयमा विस्तृत छलफल भयो ।

बर्नमथ युनिभर्सिटीका प्रा. आइनार थोरसन र डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमा छापा, प्रसारण र अनलाइन माध्यममा सक्रिय नेपाली पत्रकारलाई प्रशिक्षण दिएका थिए । थोरसन युनिभर्सिटीस्थित मिडिया तथा सञ्चार विभागका कार्यकारी डीन हुन् ।

प्रेस इन्ष्टिच्यूटका तर्फबाट वरिष्ठ पत्रकार कपिल काफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपालीले सहजीकरण गरेका थिए । यसैगरी विज्ञ प्रशिक्षक विज्ञान शर्माले पनि सहभागीलाई तालिम दिएका थिए ।

इन्ष्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापन गर्दै पत्रकारको चाहनालाई सम्मान गर्दै अर्को समूहका लागि पनि तालिम दिने तयारी भैरहेको जानकारी दिए । इन्ष्टिच्यूटका महासचिव लक्ष्मण हुमागाईंले लकडाउनका समयमा पनि समय निकालेर प्रक्षिणमा सहभागी भएकोमा सम्पूर्ण पत्रकारप्रति आभार प्रकट गरे ।

सहभागी पत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोनाभाइरसको महामारीलगायतका विपदका विषयमा कम्तिमा एक–एक थान समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था छ ।

वरिष्ठ पत्रकार कपिल काफ्लेका अनुसार कुल एक सय २८ पत्रकारहरुले तालिमका लागि निवेदन दिएकोमा ६२ सहभागीलाई मात्र यस पटकका लागि छानिएको थियो ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top