World Tuberculosis Day 2025
sujim advert

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याईयो, अत्यावश्यक कार्यको लागि ई–पासमा सहजता

डबली खबर     बैशाख २४, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

district administration office dao nuwakot daonuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड-१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म लम्ब्याएको छ ।

आज नै जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै विद्युतीय सवारी सञ्चालन अनुमति पत्र (ई–पास) सेवाको हकमा केहि अत्यावश्यक कार्यको लागि सहज गराएको छ ।

सहायक जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार मृत्यु संस्कार, एकाघरको विवाह, चिकित्सकको सिफारीस सहितको अत्यावश्यक उपचार तथा सरकारी निकायको हकमा भने एक जिल्लाबाट अर्को जिल्लाका लागि ई-सवारी पासमा सहज गरिएको जानकारी दिए । अन्य प्रयोजनको लागि अनावश्यक रुपमा ई-पासको आवदेन नभर्न निर्देशन दिईएको छ । यसअघि ई-पासको दुरुपयोग भएको भन्दै पास व्यवस्थालाई पूर्ण रुपमा रोक लगाएको थियो ।

लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द नै रहने जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top