+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय श्रमिक दिवस: मजदुरलाई खाद्यान्न सहयोग

trade union nuwakot food donate to daily labour family in nuwakot
डबली खबर
६ साल अगाडी

विदुर – १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले श्रमिक मजदुरहरुलाई सहयोग उपलब्ध गराएको छ ।

लकडाउनका कारण मजदुरी गर्ने अवसरबाट समेत बञ्चित भई समस्यामा परेका श्रमिक मजदुरहरुलाई दिवसको अवसरमा विदुर नगरपालिका-२ को शेरामा हुम्लाको कार्कीबाडाबाट आई मजदुरी गरीरहेका श्रमिकका परिवारहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराईएको युनियनका अध्यक्ष शिव देवकोटाले जानकारी दिए ।

तीन परिवारलाई प्रति परिवार १/१ बोरा चामल सहित नुन, तेल, सोयाबिन मस्यौरा, दाल, मास्क र बालिकाहरुलाई कपडा समेत उपलब्ध गराईएको युनियनका उपाध्यक्ष जनार्दन सिलवालले जानकारी दिए ।

युनियनले लकडाउन समयावधिमा समस्यामा परेका श्रमिकहरुको पहिचान गर्दै सहयोग गर्दै आईरहेको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कोरोनाभाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ । महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०१७ अनुसार नेपालभित्र नै करिब  १० लाख मानिस बेरोजगार छन् भने ७० लाख रोजगार मध्ये झन्डै ३८ लाख १८ हजार श्रमिक छन्। जसमध्ये दैनिक ज्यालादारीमा श्रम गर्ने श्रमिकहरूको संख्या १५ लाख ८६ हजार छ। नेपालमा करिब करिब ४० लाख मानिस बेरोजगार भैसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ