+
Search

ताजा अपडेट +

पपुलर +

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख विरुद्ध भ्रष्टाचार मुद्दा दायर

डबली खबर
६ साल अगाडी

काठमाण्डौँ – डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रसादले खानीसम्बन्धि कामको लागि विभिन्न बहाना बनाई सेवाग्राहीबाट घुस लिएको अभियोगमा अख्तियारले ६ लाख बिगो माग दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

गरेको हो। प्रसादलाई सेवाग्राहीबाट लिएको घुस रकम एक लाखसहित अख्तियारको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानको शिलशिलामा प्रसादले चुनढुङ्गा उत्खनन गर्न रोक लगाई घुस लिएर मात्र छोडपूर्जी दिएको खुलेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए।

प्रसादले एक लाख नगदै बुझेर बाँकी पाँच लाख रुपैयाँ काठमाडौंमा दिनु भनेको अनुसन्धानबाट खुलेको कोइरालाले जानकारी दिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ