२०८१, १४ बैशाख शुक्रबार

पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

डबली खबर     बैशाख १५ २०७७ १५:३९

health materials donate to bagamati pradesh journalist and media person
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हेटौडा – सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस कारण सुरक्षात्मक उपाय अवलम्बन गरी अग्रपङ्क्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकार तथा संचारकर्मीको लागि उक्त स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

महासंघले सोमबारै मकवानपुर शाखालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अन्य जिल्लामा महासंघको शाखामार्फत् जिल्लामा कार्यरत पत्रकारलाई उक्त सामग्री वितरण गरिने सञ्चार रजिष्टार रेवति सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top