sujim bazar advert

पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

डबली खबर     बैशाख १५, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

health materials donate to bagamati pradesh journalist and media person
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

हेटौडा – सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस कारण सुरक्षात्मक उपाय अवलम्बन गरी अग्रपङ्क्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकार तथा संचारकर्मीको लागि उक्त स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

महासंघले सोमबारै मकवानपुर शाखालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अन्य जिल्लामा महासंघको शाखामार्फत् जिल्लामा कार्यरत पत्रकारलाई उक्त सामग्री वितरण गरिने सञ्चार रजिष्टार रेवति सापकोटाले जानकारी दिएका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top