२०८१, १३ बैशाख बिहीबार

संगम सहकारीद्वारा विदुर नगरपालिकाको राहत कोषमा रु ५५ हजार ५ सय ५५ सहयोग

डबली खबर     बैशाख १३ २०७७ १७:५९

sangam cooperative cash donate to bidur municipality fund in lockdown period corona virus covid 19 nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विदुर नगरपालिका ४ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विदुर नगरपालिकाले स्थापना गरेको दैविक विपत उद्धार राहत कोषमा ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेको छ । शनिबार सहकारीका अध्यक्ष नारायण श्रेष्ठले नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई उक्त नगद सहयोगकाे चेक हस्तान्तरण गरेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोनाभाईरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनका बेला अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग होस भन्ने उद्देश्यले सहकारीले उक्त सहयोग गरेको हो ।

विदुर नगरपालिकका नगरप्रमुख पण्डितले नगरको राहत कोषमा जम्मा हुन आएको  सहयोगलाई नगर क्षेत्रभित्रका वास्तविक दैनिक गुजारा चलाउन कठिन रहेका १३ वडाकै नागरिकहरुको पहिचान गरि सोहि वडामार्फत् उपलब्ध गराउने बताए । नगरको राहत कोषमा सहयोग गर्ने पहिलो संस्थाको रुपमा सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद दिँदै राहत कोषमा अन्य संघ/संस्थाहरुले सहयोग गर्न अनुरोध गरेका छन् ।

सहकारीका अध्यक्ष श्रेष्ठले महामारीको विषम अवस्थामा नगरपालिकाको जुनसुकै कार्यमा संस्थाले सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । राहत वैधानिक तवरबाट वास्तविक पीडित समक्ष वितरण हुनुपर्ने उनले बताए ।

सहकारीको  आज बसेको बैठकले लकडाउनको समयमा आफ्नो ३ सय २७ जना शेयर सदस्यहरुलाई आर्थिक समस्याको मध्यनजर गर्दै अग्रिम लाभांश स्वरुप प्रति सदस्य ५ हजार वा शेयर रकमको १० प्रतिशतले हुन आउने रकम सदस्यहरुको घरघरमा गई वितरण गर्ने निर्णय भएको संस्थाका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । सहकारीबाट ऋण कारोबार गरिरहेका शेयर सदस्यहरुलाई लकडाउन अवधिभर र लकडाउन अन्त्य भएको एक महिनासम्ममा बुझाउन बाँकी ऋण रहेमा त्यसमा कुनै हर्जाना नलाग्ने, भुक्तानी गर्नुपर्ने ब्याज र किस्ता एकमुष्ठ बुझाएमा व्याजको १० प्रतिशत व्याज छुट तथा आषाढ मसान्तसम्म लाग्ने व्याज र किस्ता भुक्तानी गरेमा बढीमा ६ महिनासम्म ऋणको नविकरण अवधि नविकरण शुल्क नलिई थप गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश सहकारी मन्त्रालयको निर्णयानुसार संस्थाले निक्षेप रकम फिर्ता लिन आउने शेयर सदस्यहरुलाई भुक्तानी दिन गरेको निर्देशन अनुरुप सहकारीले निक्षेप भुक्तानी गर्नको लागि सम्पर्क व्यक्ति तोकि निक्षेप भुक्तानी गरिरहेको संस्थाका सचिव विष्णुकुमार चित्रकारले जानकारी दिए ।

संस्थाले स्थापनाकालदेखि नै जिल्लाका विभिन्न स्वास्थ्य, शैक्षिक, खेलकुद, सामाजिक, धार्मिक क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग तथा सामाजिक गतिविधिमा संग्लनता जनाउँदै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top