२०८१, ७ बैशाख शुक्रबार

लकडाउनमा ५० विपन्न वर्गका परिवारलाई खाद्यान्न सहयोग

डबली खबर     बैशाख १२ २०७७ १८:५९

lockdown period goma devi rice donate in newar gaun tarkeshwor rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – लकडाउनको कारण दैनिक समस्यामा परेका ५० विपन्न वर्गका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका ६ नेवारगाउँका दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने ती घरपरिवारलाई शुक्रबार प्रति घर २५ केजी चामल सहयोग गरिएको हो ।

कोरोनाभाइरसको महामारी विश्वव्यापी फैलिरहेको संक्रमणकालीन अवस्थामा नेपालमा लकडाउन भएको ३२ औं दिन भएको छ । स्वास्थ्य, सुरक्षा र संचार क्षेत्रका बाहेक अन्य आमनागरिकलाई अत्यावश्यक नभई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने विपन्न परिवारलाई संस्थाका स्वर्गीय गोमादेवी अर्यालको पुण्यतिथीको अवसरमा सहयोग गरिएको अध्यक्ष ईश्वर अर्यालले जानकारी दिए ।

गोमादेवी मेघनाथ अर्याल स्मृति संस्थाले उपलब्ध गराएको उक्त खाद्यान्न संस्थाका संरक्षक द्वय रामप्रसाद अर्याल र कृष्णप्रसाद अर्यालले ती परिवारलाई वितरण गरेका छन् ।

लकडाउनको समयावधि लामो हुँदै जादा दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने वर्ग अहिले रोगको संक्रमण हुने त्रासले भन्दा पनि भोकको त्रासले चिन्तित बन्न थालेका छन् । लकडाउनका कारण विशेष गरी दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने वर्ग थप समस्यामा परेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top