२०८१, १४ बैशाख शुक्रबार

लकडाउन उल्लङ्घन गर्ने २ सय ११ जना प्रहरी नियन्त्रणमा

    चैत्र २२ २०७६ १९:२९

district police office nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने २ सय ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लकडाउनको निशेधाज्ञा उल्लङ्घन गरी घर बाहिर र सडकमा हिंडीरहेका ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । उल्लङ्घन गर्नेहरुलाई लकडाउनको पालना गराउने कागज गराई आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी प्रमुख अबीनारायण काफ्लेले जानकारी दिए ।

दोस्रोपटक भेटिएमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई १०० रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवाना या दुवै हुन सक्ने व्यवस्था छ ।

त्यस्तै, लक डाउनकाे समयमा सवारीसाधान चलाउने १ सय ७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लक डाउन उल्लङ्घन गर्ने १ सय ६१ मोटरसाइकल , ५ ट्रक, १ प्राइभेट कार , ३ बोलेरो र १ एम्बुलेन्स रहेका छन् । नियन्त्रणमा लिइएको सवारीसाधनहरुलाई आवश्यक कारवाही गरी छाडिएको छ । चेकजाँचमा एम्बुलेन्सले यात्रु ओसारेको भेटिएकोमा प्रहरीले नियन्त्रण लिई आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top