विदुर – जबरजस्ती करणीको आरोपमा भोजपुर पढुम्बा गाउँपालिका-५ का २१ वर्षीय सत्यकुमार राई पक्राउ परेका छन् । उनी नुवाकोट बेल्कोटगढी नगरपालिका-७ रातमाटेमा बसोबस गर्दै आइरहेका थिए ।
रोजगारीको क्रम नुवाकोट बस्दै आइरहेका ती युवालाई बिहिबार जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी जारी भएपछि थप अनुसन्धानलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अभियुक्त राईले १७ बर्षिया बालिकालाई फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया