sujim bazar advert

५ सय ५५ लिटर अवैध घरेलु मदिरा नष्ट

    चैत्र १९, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

district police office nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले गएको तीनदिनमा बरामद गरिएको पाँच सय ५५ लिटर मदिरा र कच्चापदार्थ नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार तयारी अवस्थाको तारकेश्वर गाउँपालिका-५ भन्ज्याङथोकबाट ८० लिटर, वडा नम्बर २ माझिगाँउबाट २ सय ७५ लिटर र बेलकोटगढी नगरपालिका-७ नन्दुटारबाट २ सय लिटर मदिरा र ३ सय लिटर कच्चापदार्थ बरामद गरि नष्ट गरिएको हो।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय दाङसिङ र तारुकाबाट खटि गएका प्रहरी टोलीले अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ।

गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण समाजमा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरी नस्ट गर्दै आईरहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top