२०८१, १४ बैशाख शुक्रबार

चक्र देव पोलिक्लिनिकद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री

    चैत्र १९ २०७६ १३:०२

chakra dev policlinic distribute health equipment journalist nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर –  चक्र देव पोलिक्लिनिकले जिल्लास्थित क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आज पोलिक्लिनिकका डाक्टर कमल भण्डारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोलिक्लिनिकले १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ४० थान, सर्जिकल मास्क ५० थान र सर्जिकल पन्जा ५० थान स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

नुवाकोटका क्रियाशील पत्रकारहरुलाई कोरोना भाईरसको सम्भावित संक्रमणबाट सुरक्षित हुन आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरिएको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले बताए ।

असहज परिस्थितिमा पत्रकार महासंघका अध्यक्ष खनाल, सचिव जगदीश खनाल, सह-सचिव तथा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदी र पत्रकार सुनील श्रेष्ठको संयुक्त समुहले आजनै जिल्लास्थित टिभी, रेडियो, दैनिक पत्रिका, साप्ताहिक पत्रिका, अनलाईन पत्रिकाको कार्यालय तथा पत्रकारहरुको घरमै गएर स्वास्थ्य सामग्री वितरण गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top