+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना : आपूर्ति व्यवस्थापनको जिम्मा स्थानीय तहलाई, आफूखुशी सहायता वितरण गर्न नपाउने

district administration office dao nuwakot daonuwakot
डबली खबर
६ साल अगाडी

विदुर – कोरोनाभाइरस (कोभिड-१९) महामारी रोकथाम नियन्त्रणका सन्दर्भमा आपूर्ति व्यवस्थापनको नेतृत्व स्थानीय तहलाई दिइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले स्थानीयस्तरमा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि स्थानीय तहहरुले नेतृत्व लिई सोहि अनुसार मापदण्ड बनाई जिल्लास्थित सबै पालिकाका वडाहरुको वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरी परिचालन गरि बजार व्यवस्थापन गर्ने निर्यण गरेको छ ।

नोभेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठकले सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफूखुशी सहायता वितरण गर्न नपाउने, वितरणमा दोहोरोपना हुन नदिने र स्थानीयले दैनिक उपभोग्य वस्तुहरूको मौज्दात नियमित रूपमा अद्यावधिक गरी सार्वजनिक गर्ने बैठकले निर्णय गरिएको जिल्ला अधिकारी पोखरेलले बताए ।

बैठकले महामारी कोरानाका कारण स्थानीयस्तरमा रोजगारी गुमेका दैनिक गुजारा चलाउन समस्या हुने व्यक्तिहरुको यथार्त विवरण सङ्कलन गरि राहतका प्याकेज उपलब्ध गराउने निर्यण गरेको छ ।

विभिन्न मुलुकबाट आएका नागरिकहरुलाई स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउन र सोहि अनुसार दैनिक रुपमा तथ्यांक विवरण बुझाउन वडास्तरीय समितिले गर्नुपर्ने जनाएको छ ।

विषम परिस्थितिमा एम्बुलेन्सलाई तयारी अवस्थामा राखी बिरामी बोक्नु अघि र अस्पताल पुर्याएपछि अनिवार्य रुपमा डिस इन्फेक्सन प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा इन्फेक्सन गर्न जिल्लास्थित सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ