विदुर – कोरोना भाइरस (कोभिड-१९ )को संक्रमणलाई मध्यनजर गर्दै सरकारले कारागारमा चाप घटाउन कैद मिनाहा गर्ने निर्णय गरेअनुसार नुवाकोट जिल्ला कारागारबाट २ जना कैदी छुटेका छन् ।
मङ्गलबार नुवाकोट जिल्ला अदालतले बाँकी कैद भुक्तानको रकम तिराएर उनीहरुलाई जेलमुक्त गरेको हो ।
अदालतका अनुसार जेलमुक्त हुनेमा विदुर नगरपालिका र धादिङ जिल्लाका १/१ जना रहेका छन् ।
जेलमुक्त भएका दुवैलाई कैद भुक्तान गर्ने प्रतिदिन ३ सय रुपैयाँका दरले बाँकी कैद कट्टा गर्ने जिल्ला न्यायाधीश उमेशप्रसाद लुईंटेलको आदेशले छाडिएको हो ।
कारागार प्रमुख दुर्गाप्रसाद वाग्लेका अनुसार नुवाकोट कारागारका १५० जना कैदी रहेकोमा पहिलो चरणमा दुईजना मात्र छुटेका हुन् । अब कारागारमा १७ महिला र पुरुष १३१ जना कैदीबन्दी रहेका छन् ।
प्रतिक्रिया