२०८०, १५ चैत्र बिहीबार

लकडाउन: श्रमिकको लागि राहतका कार्यक्रम ल्याउन ट्रेड युनियनको आग्रह

    चैत्र १७ २०७६ १२:४६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोनाभाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण सयाैं श्रमिकहरु समस्यामा परेको भन्दै उनीहरुका लागि राहतको भरपर्दो प्रबन्ध गर्न र गन्तव्यमा पुग्न नसकेकाहरुलाई गन्तव्यमा पुर्याउने व्यवस्था गर्न नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले माग गरेको छ ।

ट्रेड युनियनका अध्यक्ष शिव देवकाेटाद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा लकडाउनका कारण श्रमिकहरु सबैभन्दा बढि समस्यामा परेकाले तत्काल राहतका कार्यक्रमहरु ल्याउन माग गरिएकाे छ ।

विज्ञप्तिमा नुवाकाेटमा विशेष गरेर निर्माण क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारी गरेर परिवारको भरणपाेषण गर्दै आएका श्रमिकहरु प्रभावित भएकाले लकडाउन अवधिभर उनीहरुकाे भरणपाेषणकाे जिम्मेवारी लिन स्थानीय तहहरुलाई आग्रह समेत गरिएको छ ।

काेराेनाभाइरस संक्रमण राेकथामका लागि लकडाउनकाे पूर्ण पालना गर्नु आम नागरिकको कर्तव्य भएकाले सरकारका कदमहरु आफू, आफ्नो परिवार, समाज र सिङ्गो देशकाे रक्षाका लागि हाे भन्ने साेचेर सबैले परिपालना गर्नुपर्नेमा समेत जाेड दिईएकाे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top