विदुर – शुक्रबार पञ्चकन्या गाउँपालिकाले सूचना जारी गर्दै पालिका विभिन्न स्थानमा देश तथा जिल्ला बाहिरबाट केहि मानिसहरु गाउँ प्रवेश गरी जुवा, तास, पोट लगायतका खेलहरुमार्फत भिडभाड, रातीराति मोटरसाइकलमा जथाभावी यात्रा गर्दै सरकारको निर्देशनलाई अटेर गर्दै निर्दोष नागरिकहरुमा असुरक्षा पैदा गर्ने व्यवहार गरेको हुनाले त्यस्तो अव्यवहारिक क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।
लक डाउनको निशेधाज्ञाको पालना नगरे जोकोहीलाई पनि नियन्त्रणमा लिई संक्रमण रोग ऐन २०२० अनुसार आवश्यकिय कारवाही गरिने पालिका अध्यक्ष तामाङद्वारा हस्ताक्षर भएको सूचना जारी गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीका अनुसार कोरोनाको संक्रमण फैलन नदिन र सुरक्षित रहनको लागि सरकारले निर्देशन गरेको लक डाउनको समयमा पालिकाको बानियाँटार, आँपचौर, सिक्रे, पूरानुडाँडा, घलेभन्ज्याङ, मिलडाँडा, स्कुलडाँडा, आरुखर्क लगायतका स्थानहरुमा त्यस्तो व्यवहार गरिएको जनगुनासो पाईएकोले त्यस्ता क्रियाकलाप गर्न र नगराउनको लागि सूचना जारी गरेको र आआफ्नो घरमा सुरक्षितसँग बस्न समेत अनुरोध गरिएको जानकारी दिए ।
प्रतिक्रिया