२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा होम क्वारेन्टाइन बस्नेको सङ्ख्या १ सय १७ पुग्यो

    चैत्र १६ २०७६ ०७:१४

statistics data of home quarantine nuwakot covid-19
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि नुवाकोट जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११७ पुगेको छ ।

विदेशबाट फर्केकालाई होम क्वारेन्टाइनमा बस्न लगाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

रोजगारीको लागि भारत, मलेशिया, कतार, दुबई लगायत देशबाट घर फर्केका ती व्यक्तिहरुलाई विदुर नगरपालिमा ४२, बेलकोटगढी नगरपालिकामा ३८, लिखु गाउँपालिकामा ६, तादीमा ७, म्यागङमा १०, किस्पाङमा ३, तारकेश्वरमा ४, पञ्चकन्यामा ५ र सुर्यगढी गाउँपालिकामा २ जनालाई होम क्वारेन्टाइनमा बस्न लगाईएको प्रहरीले जनाएको छ ।

नुवाकोटमा १४ आइसोलेशन र २०५ क्‍वारेन्टाइन तयार (पूर्ण विवरणसहित)

घरमा क्वारेन्टाईनमा बस्न नसक्नेहरुलाई विदुर नगरपालिकाको त्रिशुलीस्थित शैक्षिक तालिम केन्द्रमा २ जना र तादी गाउँपालिकाको खरानीटारमा तयार भएको पारिएको क्वारेन्टाईनमा १ जनालाई राखिएको छ ।

हाल जिल्लाको १२ वटै स्थानीय तहका वडा कार्यालयले विदेशबाट फर्केकाहरूको खोजीकार्यलाई तीव्रता दिइएकाले पनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या थपिन सक्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top