२०८१, १५ बैशाख शनिबार

सेमी लकडाउन: चैत्र १२ गतेदेखि सवारीसाधन प्रवेशमा रोक

    चैत्र १० २०७६ १७:१७

district administration office dao nuwakot daonuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर । नुवाकोटमा नोभेल कोरोना भाईरस (कोभिड(१९) को संक्रमण रोकथामका लागि यहि चैत्र १२ गते बुधबारबाट नुवाकोट प्रवेश गर्ने सबै नाकाहरुबाट सवारी साधनहरु प्रवेशमा रोक लगाईएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबारदेखि एकहप्ता सम्मका बिहान ६ बजे देखि राती ७ बजेसम्म लागि जिल्ला प्रवेशमा रोक लगाईएको जिल्ला समन्य समिति नुवाकोटका प्रमुख सन्तमान तमाङले जानकारी दिए ।

जिल्लास्थित सबै नाकाहरुबाट तथा जिल्ला भित्रपनि अत्यावश्यक बाहेकका सवारी साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । सवारी सञ्चालन गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने निर्णय गरेको छ ।

नेपालमा पनि कोरोनाको सङ्क्रमणका बिरामी भेटिएपछि जिल्लामा उच्च सतर्कताको साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दे जिल्ला सेमीलक गर्ने निर्णय भएको हो ।

जिल्लाभर अत्यावश्यक सेवाका सवारीसाधन बाहेकका अन्य साधनहरुको सञ्चालनमा निषेध गरेको छ ।

त्यस्तै बुधबारदेखि बिहान ६ बजे देखि राती ७ बजेसम्म पाँचजना भन्दा बढीको समुहमा भिडभाड नगर्न, हिड् डुल नगर्न, कार्यक्रम नगर्न, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा बस्न आम नागरिकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top