२०८१, २४ बैशाख सोमबार

उद्घाटन खेलमा गुडवील एकेडेमी विजयी

    फाल्गुन १ २०७६ १६:३२

district school level cricket competition nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गुडवील एकेडेमी विजयी भएका छन् ।

देवीघाट बाल क्लब र नुवाकोट क्रिकेट संघको संयुक्त आयोजनामा भएको पहिलो खेलमा सहिद जगत प्रकाशजंग संस्कृत मावि र गुडवील एकेडेमी बीच भएको खेलमा टस जितेर ब्याटिङ गर्न आएको सँस्कृत माविले १० ओभरमा ५१ रनको झिनो योगफल तयार गर्‍यो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्प्सको खेल मैदानमा भएको खेलमा ब्याटिङतर्फ संस्कृत माविका श्रीतेश राईले १२ बलमा १८ रनको योगदान दिए । कम योगफलमा समेट्न गुडवील एकेडेमीका तर्फबाट अमिक कुमालले ४ ओभरमा ५ विकेट लिए ।

५१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको गुडवीलले २ विकेटको नोक्सानीमा ७ ओभरमै विजयी लक्ष्य हाँसिल गर्‍यो । गुडवीलका तर्फबाट अमिक कुमालले २८ बलमा ३३ रन बनाई म्यान अफ द म्याच घोषित भए ।

उद्घाटन खेलमा नेपाल क्रिकेट संघका बागमती प्रदेश तथा नुवाकोट क्रिकेट संघका सदस्य प्रज्वल सापकोटा, नुवाकोट क्रिकेट संघका उपाध्यक्ष विनोद श्रेष्ठ र कोषाध्यक्ष विराटमान सिंह डंगोल लगायतको उपस्थिति रहेको थियो  ।

भोलि फाल्गुण २ गते अर्किड एकेडेमी र गुडवील एकेडेमी बीच बिहान ७ः३० बजे हुने छ ।

प्रतियोगितामा सहिद जगत प्रकाशजंग सँस्कृत मावि, गुडवील एकेडेमी र अर्किड एकेडेमी गरी ३ विद्यालयको सहभागिता जनाएका छन् ।

प्रतियोगिताको फाइनल खेल फागुन ५ गते आईतबार हुने संयोजक दिनेश चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top