विदुर – १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल नुवाकोटका दुई खेलाडीलाई स्थानीयले स्वागत तथा नगर परिक्रमा गराइएको छ । तेक्वान्दोतर्फका पदक विजेताको सम्मानमा विदुर नगरपालिका वडा नम्बर १ का रेजिन रिमाल (कास्य) र विदुर नपा-१३ आमथाङका कृष्णबहादुर तामाङ (रजत) लाई नगर परिक्रमा गराएको हो ।
पदक विजेताद्वयलाई गाडी सवार र स्थानीयले मोटरसाइकल र्याली गरि नगर परिक्रमाका गराएका हुन् । नगर परिक्रमा देविघाटदेखि पिपल्टार, गंगटे, बट्टार, विदुर, ढुंगे हुँदै त्रिशुलीसम्म भएको हो ।
सबै नुवाकोटका पदक विजेता सबैसँग आउने रहर हुँदाहुँदै पनि पदक विजेता रिमालले घरमा आमा बिरामी भएकोले अचानक आउन परेको रिमालले डबली खबरलाई जानकारी दिनुभयो ।
त्रिशुली माध्यमिक विद्यालायका संचालक समितिका अध्यक्ष नविन्द्रमान प्रधानले विद्यालयका पूर्व विद्यार्थी रेजिन रिमाल र कृष्णबहादुर तामाङलाई स्वागत तथा सम्मान गर्न पाउँदा विद्यालय भाग्यमानी ठानेको बताउनुभयो । अध्यक्ष प्रधानले रिमाललाई विद्यालयको वार्षिकोत्सवमा विशेष सम्मान गरिने जानकारी दिनुभयो ।
खेलाडीद्वयलाई चन्द्रज्योति मावि, मोर्डन गुडविल बोर्डिंग स्कुल, अर्किड एकेडेमी, समता विद्यालय, ईपिक मन्टेश्वरी, त्रिशुली अटो (यामाहा), कला मोटर्स, उत्सुक अटोमोबाईलस्, पृथ्वी मावि, स्थानीयहरु लगायतले खादा तथा फूलमाला लगाएर स्वागत सम्मान गरेका छन् ।
गत मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यपदक जित्दै दोस्रो भएको थियो । नुवाकोटका खेलाडीले विभिन्न खेलमा ११ पदक दिलाएका थिए ।











प्रतिक्रिया