२०८१, १३ बैशाख बिहीबार

संगम दौड प्रतियोगितामा सुजन र योगिता प्रथम

    कार्तिक २७ २०७६ १४:०५

sangam running competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” संगम दौड प्रतियोगितामा सुजन राई र योगिता तामाङ प्रथम भएका छन् ।

संगम बचत तथा ऋण सहकारीले आयोजना गरिएको खुला दौड प्रतियोगितामा छात्रतर्फको दौडमा भीमसेन माविका सुजन राई प्रथम भएका हुन् । त्यस्तै, त्रिशुली माविका द्वय दिपक घले द्वितीय र राम तामाङ तृतीय भएका छन् ।

त्यस्तै, छात्रातर्फ च्वाडी माविका योगिता तामाङ प्रथम, अर्किड एकेडमीका एलिना श्रेष्ठ द्वितीय र भैरवी एकेडेमीका रजनी कुमाल तृतीय भएका छन् ।

विजेता खेलाडीहरुलाई आगामी कार्तिक ३० गते शनिबार सहकारीको साधारणसभामा पुरस्कार प्रदान गरिने सहकारीका सचिव नारायण श्रेष्ठले जानकारी दिनुभएको छ । दौड प्रतियोगितामा ६० जनाको सहभागिता रहेको थियो ।

२०५३ सालमा स्थापित सहकारीले सांस्कृतिक, सामाजिक,स्वास्थ्य तथा खेलकुदमा कार्य गर्दै आईरहेको छ । सहकारीको हाल ३ सय ४० शेयरधनी र करिब १ हजार सदस्य रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top