२०८१, २४ बैशाख सोमबार

नुवाकोटमा संविधान दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल

    आश्विन २ २०७६ १९:३६

sambidhan diwas friendship football tournament
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको अवसर पारेर नुवाकोटमा मैत्रीपुर्ण फुटबल खेलमा राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको छ ।

विदुर नगरपालिका-४ बट्टारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदानमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्र सेवक ५-२ अन्तरले विजयी भए ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेफ्री किशोर श्रेष्ठलाई फुटबल हस्तान्तरण गरेका थिए ।

कर्मचारी समूह निलो जर्सी र जनप्रतिनिधि सेतो जर्सीमा खेल खेलेका थिए । कर्मचारी समूहले टस जित्दै कप्तान प्रमुख जिल्ला अधिकारी द्राेण पोखरेलले खेललाई अगाडी बढाएका थिए ।

पहिलो हाफमा जनप्रतिनिधि समुहको तर्फबाट विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकारले पहिलो १ गोल गरे । दोस्रो गोल कर्मचारीतर्फबाट नेपाल प्रहरीका प्रहरी निरिक्षक विष्णुहरी फ्युयाँलले १ गोल गरे । जनप्रतिनिधितर्फ विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित कप्तानका रुपमा खेलेको पहिलो हाफमा जनप्रतिनिधिले अग्रता लिए ।

त्यस्तै शिव चित्रकारले दिएको पासलाई विदुर नगरपालिका-६ का वडाध्यक्ष राजु सडौलाले १ गोल थपे। खेलमा जनप्रतिनिधिको तर्फबाट विदुरनपा-८ का वडाध्यक्ष फईसिं तामाङले फल गरेबापत् पहेंलो कार्ड समेत खाए ।

दोस्रो हाफ निकै प्रतिष्पर्धात्मक भएको खेलमा कर्मचारी समूहको तर्फबाट विष्णुहरी फ्युयाँलले २ गाेल, दिपक आयर, दिनेश खड्का र रमेश रानाले १/१ गोल गरेर समूहलाई विजयी गरे । कर्मचारीले पाएको १ पेनाल्टी सुटआउट समेत गुमाए ।

लगातार परेको वर्षातले खेल मैदान हिलाम्मे थियो । खेलमा ३०/३० मिनेटको खेल खेलाईएको थियो । खेलमा जिल्लाका १२ वटै स्थानीयतहका २/२ जनप्रतिनिधि र कर्मचारीतर्फ जिल्लास्थित सरकारी कार्यालयका विभिन्न ओहोदाका कर्मचारीहरुले सहभागिता जनाएका थिए ।

विजयी र उपविजयीले भोलि हुने संविधान दिवसको कार्यक्रममा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top