sujim bazar advert

नुवाकोटमा संविधान दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल

    अशोज २, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

sambidhan diwas friendship football tournament
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर । संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको अवसर पारेर नुवाकोटमा मैत्रीपुर्ण फुटबल खेलमा राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको छ ।

विदुर नगरपालिका-४ बट्टारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदानमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्र सेवक ५-२ अन्तरले विजयी भए ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेफ्री किशोर श्रेष्ठलाई फुटबल हस्तान्तरण गरेका थिए ।

कर्मचारी समूह निलो जर्सी र जनप्रतिनिधि सेतो जर्सीमा खेल खेलेका थिए । कर्मचारी समूहले टस जित्दै कप्तान प्रमुख जिल्ला अधिकारी द्राेण पोखरेलले खेललाई अगाडी बढाएका थिए ।

पहिलो हाफमा जनप्रतिनिधि समुहको तर्फबाट विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकारले पहिलो १ गोल गरे । दोस्रो गोल कर्मचारीतर्फबाट नेपाल प्रहरीका प्रहरी निरिक्षक विष्णुहरी फ्युयाँलले १ गोल गरे । जनप्रतिनिधितर्फ विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित कप्तानका रुपमा खेलेको पहिलो हाफमा जनप्रतिनिधिले अग्रता लिए ।

त्यस्तै शिव चित्रकारले दिएको पासलाई विदुर नगरपालिका-६ का वडाध्यक्ष राजु सडौलाले १ गोल थपे। खेलमा जनप्रतिनिधिको तर्फबाट विदुरनपा-८ का वडाध्यक्ष फईसिं तामाङले फल गरेबापत् पहेंलो कार्ड समेत खाए ।

दोस्रो हाफ निकै प्रतिष्पर्धात्मक भएको खेलमा कर्मचारी समूहको तर्फबाट विष्णुहरी फ्युयाँलले २ गाेल, दिपक आयर, दिनेश खड्का र रमेश रानाले १/१ गोल गरेर समूहलाई विजयी गरे । कर्मचारीले पाएको १ पेनाल्टी सुटआउट समेत गुमाए ।

लगातार परेको वर्षातले खेल मैदान हिलाम्मे थियो । खेलमा ३०/३० मिनेटको खेल खेलाईएको थियो । खेलमा जिल्लाका १२ वटै स्थानीयतहका २/२ जनप्रतिनिधि र कर्मचारीतर्फ जिल्लास्थित सरकारी कार्यालयका विभिन्न ओहोदाका कर्मचारीहरुले सहभागिता जनाएका थिए ।

विजयी र उपविजयीले भोलि हुने संविधान दिवसको कार्यक्रममा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top