विदुर । भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो च्याम्पियनशिपमा नेपालले पाँच पदक जित्न सफल भएको छ ।
च्याम्पियनशिपमा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएको नेपाल साम्बो फेडेरेसन महासचिव उत्तम श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी नीरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् ।
नेपालसहित ४५ वटा राष्ट्रका खेलाडी सहभागी रहेको खेल सेप्टेम्बर १६ सम्म जारी रहने छ ।

प्रतिक्रिया