२०८१, १३ बैशाख बिहीबार

प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल: एपीएफ च्याम्पियन

    असार २ २०७६ २०:१५

first deputy mayor cup volleyball wins apf women team
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पन्छाउँदै पहिलो उपाधि हात पारेको छ ।

विदुर नगरपालिकाको कोलिनीमा भएको फाइनलमा सोमबार एपीएफले न्यू डायमन्डलाई पहिलो सेटमा २५-२१ को जित निकालेको थियो । त्यस्तै दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-१२ जित हात पारेको हो ।

विजयी एपीएफले नगद रु.१ लाख ५० हजार स्वर्णपदक सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीले नगद रु.७५ हजार कास्यपदक सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित सरस्वती चौधरीले राम्रो प्रदर्शन गरेपछि एपीएफले सहज जित दर्ता गरेको थियो । चौधरीले नगद १० हजार पुरस्कार हात पारे । व्यक्तिगत विधातर्फ डायमन्डका प्रतिभा माली बेस्ट स्पाइकर र सलिना श्रेष्ठले बेस्ट डिफेन्डर बने । एपीएफका टिम कप्तान बिनिता बुढाथोकी बेस्टर सेटर र आर्मीका मनिषा खाँड बेस्ट ब्लकर घोषित भए ।

जेठ ३० गतेबाट शुरु भएकाे प्रतियाेगितामा विभिन्न ७ टाेलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top