२०७९, २ जेष्ठ सोमबार

अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाईदै

    जेष्ठ ३० २०७६ १२:१३

olympic day 2019 in nepal
nuwakot trishuli graphic web media service 2020

काठमाडौं / अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा १ सय भन्दा बढी कार्यक्रम आयोजना गरेर मनाईने भएको छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ‘ओलम्पिक डे’ को अवसरमा १ सय १६ वटा कार्यक्रम आयोजना गरिने जनाएको छ ।

आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ८ ) मा मनाउने गरिन्छ । नेपालमा जेठ ३२ गतेबाट असार ८ गतेसम्म विविध कार्यक्रम गरि मनाईने कमिसनले जनाएको छ ।

कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विधालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ ।

ओलम्पिक डे को पहिलो दिन जेठ ३२ गते साइकल र्‍याली आयोजना गरिने । ३ सयभन्दा बढी सहभागी हुने र्‍याली एनओसी भवन सातदोबाटोबाट सुरु भएर भृकुटीमण्डप पुगेर सकिने कमिसनका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले जानकारी गराए ।

यस्तै अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top