२०८१, १२ बैशाख बुधबार

आजबाट प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल सुरु हुँदै

    जेष्ठ ३० २०७६ १०:१०

first co mayor cup women national volleyball competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विदुर नगरपालिकाको आयोजनामा प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल जिल्लाको कोलिनिमा सुरु हुँदैछ । आज जेष्ठ ३० गतेदेखि असार २ गतेसम्म संचालन हुनेछ  ।

बुधबार विदुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सदस्य सचिव सुबास पाण्डेले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र प्रतियोगिताको समुद्घाटन संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले गरिने जानकारी दिनुभयो । प्रतियोगिताको कुल बजेट १४ लाख ७० हजार रहेको जानकारी पाण्डेलेले जानकारी दिनुभयो ।

खेलमा विदुर नगरपालिका लगायत नेपाल पुलिस क्लब, न्यु डाईमण्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिन्धुपाल्चोक भलिबल संघ र न्यु पारामाउन्ट इङ्गलिस मिडियाम बोर्डिंङ स्कुल गरि १० टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा विदुरनपा-९ का वडाध्यक्ष शनि चित्रकारले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथमले १ लाख ५० हजार, दोस्रोले ७५ हजार र तेस्रोले २५ हजारसहित सम्पूर्ण पदक विजेता मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै उत्कृष्ट खेलाडीले १० हजार, बेस्ट स्पाइकर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर र लिफ्टरले ५ हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलमा म्यान अफ द म्याचले रु.३ हजार प्राप्त गर्नेछन ।

समग्र खेलको विकास नै नगरको उद्देश्य रहेको प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पाेखरेले बताउनुभयो । खेलकुद विकासबाट नगरपालिका चम्किनुपर्छ भन्ने मान्यता अनुरुप खेल संचालन भएको पाेखरेले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट भलिबल संघको संयुक्त समन्वय र सहयोगमा विदुर नपा-९ कोलिनिमा रहेको जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा प्रथम उपमेयर महिला भलिबल प्रतियोगिता हुन लागेको हो।

खेलको लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षक र अफिसियलहरु खेलाडी र टिमका पदाधिकारी नुवाकोटको सदमुकाम विदुर आई पुगिसकेका छन् ।

पहिलोपटक आयोजना गरिएकोले खेल हेर्नको लागि नि:शुल्क गरिएको प्रतियोगिता सदस्य सचिव सुवास पाण्डेले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top