नुवाकोट / नुवाकोटमा सञ्चालन भइरहेको नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा नुवाकोट-११ र संकटा क्लब फाइनलमा प्रवेश गरेका छन् ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा बुधवार भएको खेलमा संकटा र च्यासलवीच सेमीफाइलन खेलमा दुवैको बराबरी गोलअन्तरमा निर्धारित समय सकिएपछि पोनाल्टी सुटआइटमा संकलनले ७ गोल गरेको हो । च्यासलले ६ गोलमात्रै गर्न सफल भयो । निर्धारित समयमा दुवै समूहको एक एक गोलको बरावरीमा निर्धारित समय सकिएपछि खेल पेनाल्टीमा गएको आयोजकले जनाएको छ ।
संकटा आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने च्यासल युथ क्लब लिग च्याम्पियन मनाङलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो । ए डिभिजनका यी दुई क्लबको भिडन्त विहीवार बुधवारको खेल निकै रोचक थियो । गोल्डकप उपाधिको लागि घरेलु टोली नुवाकोट-११ र संकटावीच शुक्रबार प्रतिष्पर्धा हुनेछ ।
नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता फाइलन खेल जेठ ३१ गते शुक्रबार हुनेछ ।

प्रतिक्रिया