विदुर / टुबोर्ग दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक घरेलु समुह नुवाकोट-११ ले उत्कृस्ट प्रदर्शन गरेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा अधिकांश “ए” डिभिजन लिग खेलेको खेलाडीहरुलाई लिएर उत्रिएको आयोजक नुवाकोट-११ ले दिपशिखा युवा समूह, काठमाडौंलाई ५-० को भारी अन्तरले हरायो । खेलमा नुवाकोटका विश्वास श्रेष्ठले पहिलो हाफको १०औं, ३४औं र दोस्रो हाफको ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका छन् भने प्याट्रिक र दिनेश राजवंशीले १-१ गोल गरे ।
ह्याट्रिक गरेसँगै नुवाकोटका विश्वास श्रेष्ठ खेलको “म्यान अफ द म्याच” समेत घोषित भएका छन् । श्रेष्ठले साकुरा नेपाल कन्सल्टेन्सीले प्रायोजन गरेको नगद रु.१० हजार प्राप्त गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटबल संघको संयुक्तमा भएको प्रतियोगितामा घरेलु समुह नुवाकोट-११, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लब, “ए” डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लब, चितवन-११, विजय युथ हेटौडा र काठमाण्डौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले रु.६ लाख र उपविजेताले रु.३ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी जेष्ठ ३१ गतेसम्म हुनेछ ।






























































प्रतिक्रिया