+
Search

ताजा अपडेट +

पपुलर +

डबलीमा द्वाथलन साईकिलिङ तथा दौड हुने

duathlon nuwakot dabali khabar bcycnepal
डबली खबर
७ साल अगाडी

विदुर / नुवाकोटको बेलकोटगढी नगरपालिका-५ दुईपिपल, डबलीमा “जे गरौ मज्जाले गरौ” र मनोरञ्जनका लागि द्वाथलन भन्ने नाराका साथ साईकिलिङ तथा दौड हुने भएको छ ।

यहि जेष्ठ १८ गते शनिबारको दिन २० किलोमीटर साइकल दौड र १० किलोमीटर दौड खेल हुने कार्यक्रम संयोजक मोहन नेपालले जानकारी दिनुभयो । खेलमा सहभागीले स्वयम् साईकल जुटाउनुपर्ने छ भने  विशुद्ध मनोरञ्जनको लागि खेल भएकोले नि:शुल्क सहभागिता जनाउन सकिने संयोजक नेपालले जानकारी दिनुभयो ।

आन्तरिक तथा बाह्रय पर्यटन भित्राउने उद्देश्यले द्वाथलन साईकिलिङ तथा दौडको आयोजना गरिएको आयोजक लियो क्लब अफ नुवाकोट परोपकारका प्रकाश रिजालले बताउनुभयो । बीसौं सताब्दीबाट सुरु भएको यस खेलले विश्वभर लोकप्रियता लिई रहेको क्रममा नेपालमा पनि यसको सुरुवात हुन लागेको हो । खेलमा ६० जना खेलाडीको सहभागिता रहने छ भने खेलले नुवाकोट पर्यटन विकासमा टेवा पुर्याउने रिजालले बताउनुभयो ।

प्रथम चरण दौडमा दुईपिपल, माझगाउँ, लामाचौर, माझगाउँ हुँदै दुईपिपल दोहोरो रुट र दोस्रो चरण दौडमा दुईपिपल, दाहालडाँडा, घ्याम्पे, देउराली, दाहालडाँडा हुँदै दुईपिपलको रुट रहेको छ । साइकल दौड २० किमीमा दुईपिपल, माझगाउँ, लामाचौर, माझगाउँ, दुईपिपल, दाहालडाँडा, घ्याम्पे, देउराली, बन्चरेखोला, पात्ले, भालुखोला, तोरीसुंवारा, महादेवखर्क हुँदै सोहि रुट भएर पुन: दुईपिपलमा आएर टुंगिनेछ ।साथै विद्यालयस्तरीय कविता प्रतियोगिता र सांस्कृतिक प्रतियोगिता पनि हुने कार्यक्रम संयोजक नेपालले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ परोपकार, लियो क्लब अफ नुवाकोट परोपकार, नेपाल ट्रायथलन एसोसिएसन क्रियटिभ एकेडेमी इङलिस बोर्डिङ स्कुल, महारुद्र युवा क्लब तारुका, झिल्टुङ युवा क्लब दुईपिपल, शुभ बिहानी युबा क्लब सिउरेनी, बिदुर सिटि युथ क्लब बिदुर, गणेशस्थान एकता युबा क्लब रातटार, अबिसुरा युवा क्लब जलजले र बाघखोर युवा क्लब बाघखोर आयोजक रहेका छन्  । त्यस्तै, सहआयोजकमा बेलकोटगढी वडा नं.४, ५, ६ र ७ को कार्यालय लगायत स्थानीय विद्यालय तथा सहकारी रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ