sujim bazar advert

फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता हुँदै

    बैशाख २४, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

first time chess competition in nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / मुलुकभरका खेलाडी समावेश गराउदै “प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता” नुवाकोटमा आयोजना हुँदैछ ।यही बैशाख २७ र २८ गते नुवाकोटमा दुइ दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

नुवाकोट बुद्धिचाल (चेस) संघको आयोजनामा सञ्चालन गर्न लागिएको प्रतियोगितामा सहभागी हुने इच्छुक खेलाडीहरुको लागी नाम दर्ता गर्न आह्वान गरिएको प्रतियोगिताका निर्देशक श्याम केसीले जानकारी दिनुभयो । सहभागी हुन चाहने खेलाडीले नाम दर्ताको लागि नुवाकोटका महिला र १६ वर्ष भन्दा कम उमेरका खेलाडीलाई रु.५ सय र अन्यका लागि रु.१ हजार शुल्क तोकिएको छ । नाम दर्ता यहि बैशाख २७ गते बिहानसम्म गर्न सकिने ब्यबस्था मिलाइएको केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा (समग्रमा) १५ खेलाडीले कुल ६० हजार पुरस्कार प्राप्त गर्नेछन । पहिलो हुने खेलाडीले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ७ हजार, चौथोले ५ हजार, पाचौँ हुनेले ३ हजार पुरस्कार पाउनेछन् । यसैगरी छैटौं देखि दशौ स्थानसम्म हासिल गर्ने पाँच जना खेलाडीलाई २/२ हजार पुरस्कार तोकिएको छ ।

यसैगरी, नुवाकोटबाट सहभागी उत्कृष्ट एकजना खेलाडीले ४ हजार पाउने छ भने उत्कृष्ट महिलातर्फ एक जना, १६ वर्ष भन्दा कम उमेर तर्फबाट उत्कृष्ट एकजना, उत्कृष्ट भेन्ट्रास (५५ वर्ष माथी) एक जना, खुला तर्फ एकजनाले १५ सय पुरस्कार पाउने आयोजक नुवाकोट बुद्विचाल संघका अध्यक्ष अमजाद आलमले जानकारी दिनुभयो ।

open chess tiesheet

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top