२०८१, १८ बैशाख मंगलवार

जिल्लास्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुँदै

    चैत्र ८ २०७५ २२:१५

nuwakot cricket 2076
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / जिल्लास्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आगामी वैशाख १५ गते हुने भएको छ ।

शुक्रबार विदुरमा पत्रकार सम्मेलन गर्दै  नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जिल्लामा उत्कृष्ट क्रिकेट खेलाडी छनौटको लागि विद्यालयस्तर प्रतियोगिता आयोजना गरिन लागेको बताउनुभयो । प्रतियोगितामा विजेताले रु.३० हजार र उपविजेताले रु.२० हजार रकमसहित मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी दिनुभयो । म्यान अफ द म्याच, म्याद अफ द सिरिज, उत्कृस्ट ब्याट्स म्यान र उत्कृस्ट ब्याउजरका उपाधि समेत रहेको र उक्त खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगिता विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको फुटबल खेल मैदानमा हुने अध्यक्ष पाठकले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभित्रका विद्यालयले सहभागीता जनाउन सक्नेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top