२०८१, १८ बैशाख मंगलवार

प्रथम नुवाकोट फुटसल कप चैत्र १५ र १६ मा

    चैत्र ५ २०७५ ११:०८

nuwakot fulsall cup 2075
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट मदिरा व्यवसायी संघको आयोजनामा यहि चैत्र १५ र १६ गते प्रथम नुवाकोट फुटसल कप हुने भएको छ ।

“स्वास्थ नै मूल धन हो ” मूल नाराका साथ जिल्लाका विभिन्न क्षेत्रका पेशाकर्मी समुह, संघ/संस्था लगायतको समुहलाई प्राथमिकता दिई खुला फुटसल कप प्रतियोगिता आयोजना हुन लागेको संघका महासचिव राजु बोगटीले जानकारी दिनु भयो । समुह दर्ताका लागि यहि चैत्र १० गते शुक्रबार अन्तिम मिति रहेको महासचिव बोगटीले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र १० हजारसहित प्रमाण-पत्र र मेडल प्राप्त गरिने कार्यक्रम संयोजक मनिष नगरकोटीले जानकारी दिनुभएको छ । समुह दर्ताको लागि बट्टारस्थित नुवाकोट फुटसलमा रहेको प्रथम फुटसल कपको सचिवालय वा ९८५१०७५०१३ सम्पर्क गर्न सकिने नगरकोटीले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले दर्ता शुल्क रु.१० हजार लाग्नेछ भने समुहमा ८ खेलाडी र १ कोचर वा व्यवस्थापक हुनुपर्नेनगरकोटीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top