२०८१, ११ बैशाख मंगलवार

दुप्चेश्वरमा भलिबल प्रतियोगिता सुरु

    फाल्गुन १० २०७५ १६:००

secondary school open volleyball competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

दुप्चेश्वर / बालकुमारी बाल क्लबको आयोजनामा नुवाकोट जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिता सुरु भएको छ ।

लालीगुराँस संरक्षण र प्रवद्धनका साथै आन्तरिक तथा बाह्रय पर्यटक भित्र्याउने उद्देश्यक साथ ल्होसार पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा प्रमुख अतिथि नेकपा नेता तथा बुद्धभुमि हाईड्रोपावर कम्पनिका अध्यक्ष पूर्णलाल श्रेष्ठले स्वस्थ रहन खेल खेल्नुपर्ने र स्वच्छ जीवन जीउन खेलकुदले मद्दत गर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा कल्याण माविका प्रध्यानापक अमृतलाल श्रेष्ठ, युवा संघ दुप्चेश्वरक नरेश तामाङले खेलको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कल्याणमाविको प्राङ्गणमा भएको प्रतियोगिता फाल्गुण १० गते शुक्रबारदेखि सुरु भइ फाल्गुण १२ गते आइतबारसम्म सञ्चालन हुने खेलमा नौ विद्यालयले सहभागिता जनाएको बालक्लबका अध्यक्ष रञ्जना खतिवडाले डबली खबरलाई जानकारी दिनुभयाे ।

प्रतियोगितामा प्रथमले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्पाईकट, डिफेन्स खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top